राजेश शर्मा , कालिमन्युज, मालबजार 4 अप्रेल । आज बिहान जलपाईगड़ी जिल्लाको मालबजारमा भएको एक वाहन दुर्घटनामा 3 व्यक्तिले ज्यान गुमाए। जयगाँउ निवासी 25 वर्षिय प्रियंका यादव उनको 5 वर्षिय छोरा धिरज कुमार यादव अनि चालक राहुलको घटना स्थलमै मृत्यु भयो। 
मृतकका परिवार सुत्रले बताए अनुसार बिहारमा 6 मइमा हुने ग्रामपंचायत मुखियाको चुनाउमा जयगाँउ एन एस रोड निवासी सिता देवी बिहारको मोतिहारीदेखी लगभग 40 किलोमिटर टाड़ा रहेको होड़ा गाँउको उक्त पदको निम्ति उम्मेद्वार भएकी थिइन । 
प्रियंका यादव उनको सासुलाई चुनाउमा सहयोग पुराउनको निम्ति आज मारुति सुजुकी वेलेनो वाहन नम्बर WB 70F -3999 मा चड़ेर बिहार तर्फ जयगाउदेखी गइरहेको समयमा यो दुर्घटना हुन गयो। मालबजारमा अचानक तिनी चडेको वाहन र् WB69-2522नम्बर भएको मालवाहक ट्र्क् भिड़न्त हुदाँ घटना स्थलमा नै तिन जनाको मृत्युभयो भने 20 वर्षिय सरोज कुमार यादवलाई गम्भिर रुपमा चोट लागेको कारण उब मेडीकल कलेज अस्पतालमा उपचारको निम्ति लगिएकोछ। 
प्रियंका जयगाँउको एचएसएमडी स्कुलमा शिक्षिकाको रुपमा काम गर्थिन भने छोरा धिरज कुमार पनि त्यही स्कुलमा नै पहिलो श्रेणीमा अध्ययन गर्दैथिए। उक्त विध्यालयले यो खबर प्राप्त गरेपछि विदाको घोषणा गर्दै शोक प्रकट गरेको खबर छ । उक्त घटना भए पछि पुलिस तुरन्त पुगेको खबर छ ।