डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 मई 2016। पश्चिम बङ्गाल लेप्चा डेभलोपमेन्ट बोर्डका अध्यक्ष ल्याङसोङ तामसाङ आचार्य दिनेश चन्द्र सेन मेमोरिय अवाक्डद्वारा सम्मानित भएका छन्। राज्यको प्रसिद्ध रविन्द्र भारती विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमबीच राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट तामसाङले उक्त सम्मान ग्रहण गरेका छन्। 
वर्तमान पश्चिम बङ्गाल लेप्चा डेभलोपमेन्ट बोर्डका अध्यक्ष रहेका तामसाङले दुईदशकभन्दा अघिदेखि लेप्चा जातिको निम्ति कार्य गर्दै आइरहेका छन्। 1995 मा लेप्चाहरूको चर्चित तथा मुखपत्र रहिसकेका पत्रिका आच्युले र पुनो गेबु आच्योकको सम्पादनबाट कार्य शुरू गर्ने तामसाङले उक्त पत्रिका प्रकाशनमा आज पनि निरन्तरता दिइरहेका छन्। लेखक तथा अनुवादक समेत रहिसकेका तामसाङ लेप्चासंगै अंग्रेजीहिन्दी र नेपाली भाषामा पनि विज्ञ छन्। उनकै मुख्य सम्पादनमा 2013 देखि बहुभाषी पत्रिका टिस्टा रंगीत- प्रकाशमा आइरहेको छ। जहाँ पहाड़का 15 वटा जात गोष्ठीसंदै डुवर्समा रहेका टोटोहरूको भाषा संस्कारलाई संरक्षण गर्ने कार्य गरिरहेको देखिन्छ। जसको प्रकाशनले पहाड़मा लुप्त हुँदै गइरहेको क्षेत्रीय भाषाहरूको संरक्षण र उनीहरूको परम्पराको जगेरा भइरहेको बताइन्छ। उनको सोही साहित्यक योगदानको मूल्याङ्कन तथा लोककथाहरूमाथिको कार्यलाई अवलोकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो। 
राष्ट्रिय लोक भाषा सम्मान (2001),बीर बिरसा मुण्डा अवार्ड (2006) र राज्यको सर्वश्रेष्ठ नागरिकसम्मान बंग विभूषणले अघिबाटै सम्मानित तामसाङ 70 वर्ष भन्दा माथिको उमेरमा पुग्दा पनि थाकेका छन्। लेप्चा जातिको निम्ति संघर्ष गरेर समय कटाउने तामसाङको रूचि लेख्न र पढ्न नै प्रमुख रहेको छ। जो आज पनि विभिन्न पत्रपत्रिकाको प्रकाशन र सम्पादनमा लागिपरेका छन्। इण्डिजिनिय लेप्चा ट्राइबल एसोसिएसनका महासचिव र पछिबाट अध्यक्ष समेत रहिसकेका तामसाङको उक्त उपलब्धिले दार्जीलिङ पहाड़लाई नै गोरावन्तित पारेको छ। 
हराउँदै गइरहेको लोक कथाहरूमाथिको शोध र संरक्षणमाथि लेखेका उनका पुस्तकहरूको अलगै महत्व रहेको पाइन्छ। जसमा अ कलेक्सन अव टेल्स अबाउट दी सिक्किम एण्ड नेपाल हिमालयन्सलेप्चा फोल्कल्होर एण्ड फोल्क सोङसाहित्य एकाडेमी एण्ड द इण्डिजिनियस लेप्चा एण्ड दिइर सोङ आदि प्रमुख छन्। सोही योगदानको मूल्याङ्कन गर्दै तथा लोक कथामाथिको योगदानलाई केन्द्र गरेर नै विश्वविद्यालयले उक्त सम्मान दिएको जनाएका छन्।