डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 15 मई। ग्रामीण क्षेत्रमा प्रजातन्त्रको स्थापना गर्न पञ्चायत व्यवस्था आवश्यक रहेको कालेबुङ महाविद्यालयका प्राचार्य डा. आर.पी ढकालले बताएका छन्। जापले पालन गरेको गोर्खालिग पार्टीको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. ढकालले उक्त कुरा भनेका हुन्। 

‘पञ्चायत चुनाउले गाउँमा विकास पुर्याउछ। विकाससंगै ग्रामीण क्षेत्रमा ठोस प्रजातन्त्र पनि पुर्याउँछ। यसैले पहाड़मा पञ्चायत चुनाउ नहुँदा आम जनताको संवैधानिक हक खोसिएको छ। यसको निम्ति सबै राजनैतिक दलहरू एकमुष्ठ बन्न जरूरी छ’ डा. आरपी ढकालले भने। 
कार्यक्रममा डा. ढकाललाई पञ्चायत व्यवस्था माथि चर्चा गर्न विशेष रूपले निम्ताइएको थियो। यसक्रममा उनले उपस्थित समूहलाई पञ्चायतको नालीबेली सुनाए। देशमा पञ्चायती व्यवस्था शुरू भएदेखि लिएर 1993 मा भएको 73 औ पञ्चायती ऐन संशोधनसम्म उनी पुग्न भ्याए। दागोपाप सम्झौताको कुरा उल्लेख गर्दै पूर्वोत्तर राज्य र दागोपापमा दुई स्तरीय चुनाउ हुनसक्ने कुरा उल्लेख गरेको त्रिस्तरीय चुनाउ गराउनमा समस्या हुनसक्ने जनाउँदै यसमाथि तक्नीकि रूपमा काम हुनुपर्ने बताए। अघिल्लो चरणमा राम्रोसंगले पञ्चायत व्यवस्था चलिरहे तापनि यता दार्जीलिङमा 86को आन्दोलनपछि उक्त व्यवस्था लथालिङ्ग बनेको जनाउँदै उनले थपे, ‘वास्तवमा माथिल्ला तहका नेताहरू क्षमता विकेन्द्रीकरणसंग डराउँछन। जसको कारण संविधानले दिएको अधिकारदेखि पनि पहाड़वासी वञ्चित भइरहेका छन्। यसको निम्ति अब राजनैतिक इच्छा शक्ति देखाउन जरूरी छ’। 
“दागोपापपछि दार्जीलिङमा जीटीए गठन भएकोले उक्त व्यवस्थामा पनि सोही ऐन लागू हुन्छ वा हुँदैन ? सोबारे टेक्निकल एक्सपर्टहरूलाई लिएर काम गर्न जरूरी छ। यसो भएको खण्डमा ऐन संशोधन गर्न जरूरी हुन्छ। यसबारे राजनैतिक दलहरूलाई निम्त्याएर बहस नै गरेको असल हुनेछ” लामाले भने। 
मनरेगाको काम पञ्चायतले गरेको हो ? यसलाई त गोजमुमोले आफ्नो जस्तो सम्झिन्छ नि ? सो अवधि एकजना समर्थकले प्रश्न गरे। जवाफमा अघि आएर् अधिवक्ता अमर लामाले भने, ‘यो केन्द्रिय योजना हो। जो पहिले नरेगा थियो। पछिबाट महात्मा गान्धीको नाम जोड़ेर महात्मा थपिएको छ। यद्यपि केन्द्रको ऐनको आधारमा ग्रामीण क्षेत्रमा जम्मै पञ्चायत मार्फत् उक्त योजना पनि लागु हुन्छ। सोही कारण उक्त योजना पनि ग्राम पञ्चायतसंग जोड़िएको हो। तथापि दार्जीलिङमा पञ्चायत चुनाउ हुन सकेको छैन। जसले गर्दा ग्राम सभा हुँदैन।’ 
सभासदले सुपरभाइजर छान्छ। दार्जीलिङमा पञ्चायतलाई सभासद्ले चलाइरहेको जनाउँदै चुनाउँ हुन जरूरी रहेको दावी उनले गरे।