राजेस शर्मा, कालिमन्युज, जयगाँउ 1 जुन । जयगाँउ एक ग्राम पंञ्चायतको गोजमुमो पार्टी कार्यलयमा चुनाउ विषयमा गोपाल सोयलको अध्यक्षतामा बसेको सभामा जयगाँउ एक ग्राम पंचायतबाट गोर्खा जनमुक्ति मोर्चाका पदाधिकारीहरुले सामूहिक राजीनामा शाखा अध्य्क्ष गोपाल सोयललाई बुझाए।जयगाँउ एक ग्राम पंचायत शाखा सचिव दुर्गा राई लगायत 11 जना पदाधिकारीहरुले राजीनामा बुझाए। 
यस समष्टीमा गोजमुमोको किन हार भयो भन्ने विषयमा समीक्षा सभामा गरियो। उपस्थित् गोजमुमो सदस्यहरुले इंटरिम कमिटीका अध्यक्ष औ सांगठनिक सचिवहरुबाट सठिक रूपमा सुझावहरु नआएको कारण विधान सभा चुनाउमा कालचीनीमा हार भएको ठहर गरे। 
सभामा दुर्गा रा

इले गोजमुमोको कार्यक्रममा कमजोरिमा जागरुकता अभाव भएको जनाए। तिनले कुन वार्डमा गोजमुमोको कस्तो प्रदर्शन भयो त्यसबारे अवगत गराए । यस सभामा केन्द्रिय कमिटि सदस्य मदन लामाले भूल कार्य प्रणालिकै कारण हार भएको बताउदै आउदो दिनमा कसैको अन्डरमा नभएर् गोजमुमो अन्डरमा पार्टीको हितमा काम गर्ने बताए ।

डुवर्सको सागठनिक सचिव रोहित थापाले भने कि कालचिनि ब्लकमा चुनाउँमा गोजमुमोको भोट्मा बड़ोत्री भएको छ् । तिनले यो पनि बताए कि कसैले राजिनामा दिनू छ भने शाखामा होइन तर बिमल गुरुङलाई राजिनामा जिम्मा दिनुपर्छ । 
थापाले भने कि बिमल गुरुङले बिगत दिनमा भनेका थिए कि 2016 को चुनाँउ चाही अन्तिम हो र अब चुनाउँको चर्चा होइन अब 11 गोर्खा जातिलाई जनजातिको मर्यादा दिलाउन यो मांगको निम्ति आन्दोलन गर्नू पर्छ । कालचिनिको चुवापाडामा सबैभन्दा कम्ति भोट पाएको पनि उजागर गरे । 
शाखा सागठनिक सचिव नन्दलाल खातिले गोजमुमोले दुई चोटी बिजय हासिल गरेको तर यसचोटि बिजेपीको चिन्हमा चुनाउ लडेको थियो यसमा बिजेपीबाट नै कतै भूल भएको छ कि भन्ने प्रश्न राख्दै गोर्खा बहुल क्षेत्र न्भएर पनि बिजेपीले काम गरेको भएको भए अवस्य बिजय हुने थियो भन्ने मंतव्य प्रस्तुत गरे । तिनले सागठनिक सचिव वा डुवर्स इन्टरिम कमिटिले पार्टीको रननितिको बारेमा कार्यलयमा तालिम नदिएकोमा दुःख प्रकट गरे । 
जिवन गुरुङ़ले कालचिनी ब्लकमा चुनाउँको समिक्षा सभामा गोजमुमोले चुनाउँ लड़नू होइन 11 जातिलाई जन जातिको मांगको निम्ति तयार रहने बताए । तिनले 11 जनजातिको माग नै गोर्खाल्याण्डको खुड़किलो हो भन्ने बताए। नारी केन्द्रिय कमिटि सदस्य सकिला लामाले चुनाउमा गोजमुमो हारेता पनि शाखामा राम्रो भोट पाएको हो भन्दै मुद्दाको निम्ति एक जुट हुन पर्ने बताइन ।