डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 जुन। लोवर छिबो स्थित मगर गाउँमा जिटिएद्वारा जडान गरिएको विद्युतिकरणको आज विधिवत उद्घाटन गरिएको छ। 
33 नम्बर समष्टि अन्तर्गत रहेको उक्त गाउँमा ढेड दशकदेखि विद्युतिकरणको समस्याले मानिसहरू पिरोलिरहेका थिए। स्थायीरूपले विद्युतको समस्या समाधान नभएको कारण जिटिए मार्फत दिनदयाल उपाध्याय ग्रामीण विद्युतिकरण योजना अनुरूप क्षेत्रमा विद्युतिय सर्वराहको कार्य सम्पन्न गरिको हो।
यसक्रममा जिटिएले क्षेत्रमा विद्युत जडान गर्दै स्थायी समाधानको निम्ति ट्रान्सफर्मर बसाएको छ। उक्त विद्युतिकरणको कार्य सम्पन्न भएपछि आज क्षेत्रिय सभासद काजिम छिरिङ भोटियाले रिबन काटेर उद्घाटन गरेकी हुन्।
कार्यक्रममा गोजमुमो युवा मोर्चा समष्टि अध्यक्ष निरकुमार मगर, अभियन्ता समिर शङ्कर, सह अभियन्ता अबेन थापा लगायत स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। 
यता विद्युत जडान सम्बन्धि गाउँलेहरूले गोजमुमो अध्यक्ष विमल गुरुङ अनि क्षेत्रिय समासद काजिम छिरिङ भोटिया प्रति आभार प्रकट गरेका छन्।