डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जून। बाल सुरक्षा अभियानको आयोजनामा आज ‘बालश्रम विरोधी दिवस’ पालन गरियो। 
टिस्टा खेल मैदानमा पालन गरिएको उक्त कार्यक्रममा बालसुरक्षा अभियानका बाल सुरक्षा अधिकारी तेजकुमार थापा, चाइल्ड लाइनका संयोजक सिस्टर सुषमा टोप्पो, बिएसएका प्रोजेक्ट कोअर्डिनेटर मेघा गजमेर आदिको विशेष उपस्थ्ति रहेको थियो। 
कार्यक्रममा टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय, टिस्टा जुनियर बेसिक स्कुल, माउन्ट स्टार एकाडमी आदि विद्यालयका विद्यार्थीवर्गको विशेष सहभागिता रहेको थियो। यस अवसरमा विद्यार्थीवर्गलाई लिएर विभिन्न वालश्रम विरोधी स्लोगानहरू लेखिएका प्ला कार्डहरू बोकेर विद्यार्थीवर्गले टिस्टा खेल मैदानदेखि टिस्टा बजार हुँदै राष्ट्रिय राजमार्ग 10 सम्म मौन जुलुस निकालेका थिए। 
यस अवसरमा बाल सुरक्षा अधिकारी तेजकुमार थापाले बड्दो बालश्रमबारे अवगत गराउदै यसलाई रोकथाम गर्नका निम्ति सम्पूर्ण मानिसहरू सचेत हुनपर्ने आह्वान गरेका थिए। बालश्रम अहिलेघरी सम्पूर्ण विश्वभरीनै प्रमुख समस्या बन्दै गइरहेको अवस्थामा बालश्रम निर्मुल पार्नका निम्ति सम्पूर्ण मानिसहरू नै सचेत बन्नुपर्ने तेजकुमार थापाले बताए।