डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 जून। जीवन रक्षक औषधीहरूको मूल्य भारत सरकारले घटाउने कार्य गरेपनि स्थानीय दवाई दोकानहरूले भने उक्त दवाईहरूको मूल्य घटाउने कार्य नगरेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। 
यसै सम्बन्धमा आज माकपा नेता सुन्दासले महकुमा अधिकारीलाई भेट गरेर ज्ञापन पत्र चढाए। उनले सरकारद्वारा घटाइएका जीवन रक्षक औषधीको मूल्य स्थानीय दवाई दोकानहरूले नघटाएको कारण मानिसहरूले धेरै मूल्य भुक्तान गर्न परिरहेको आरोप लगाउँदै यसबारे महकुमा शाषकले कार्वाही गर्नुपर्ने माग गरेका छन्। 
राष्ट्रिय मूल्य निर्धारण प्राधिकरणले 30 देखि 50 प्रतिशत सम्म मूल्य कटौती गरेको दाबी गर्दै उक्त कटौती भएको औषधीहरूको मूल्यहरू भने यहाँका दवाई दोकानहरूले घटाउने कार्य नगरेको उनले आरोप लगाए। 
हाल केन्द्र सरकारले मोट 6 सय 80 वटा जीवन रक्षक दवाईहरूको मूल्य घटाए पनि यहाँका दवाई दोकानहरूले भने यसबारे सरकारको आदेशलाई उल्लघन गरेको दाबी गरे। 
दवाई दोकानहरूले जीवन रक्षक औषधीको मूल्य घटाउने कार्य नगरेर गारीब जनतालाई बर्मा लुटाई गरिरहेको आरोप लगाउँदै यसबारे महकुमा अधिकारीले झट्टै कार्वाही गर्नुपर्ने माग सुन्दासले गरे। यसबारे यदि भारत सरकारले तोकेको मूल्य अनुसार दवाई दोकानेहरूले औषधीको मूल्य घटाउने कार्य नगरे कानीनी कार्वाही गर्ने चेतावनी दिएका छन्।