राजेश शर्मा, कालिमन्युज, जयगाँउ, 29 जुन । आज भारत भोटाङ् सीमा क्षेत्रको जयगांउमा शसस्त्र सीमा बलको डि जि अर्चना रामासुन्दरले निरिक्षण गरिन। यसै अवसरमा अर्चना रामासुंदरले आज अंतर्राष्ट्रीय सीमा क्षेत्र जयगांवको 69/4 पिलरको निरक्षण गरिन । 
उनलाई भेट्न एस एस बी आईजी कुलदिप सिंग, डिआइजी हरदियाल गाडे अनि एसएसबी 53वा बटालियन कमाण्डेण्ट मुना सिंगको पनि उपस्थिति थियो। तिनले सिमावर्ती चौकिहरुको पनि निरिक्षण गरिन । भ्रमणमा भोटाङ्को गेटको आधुनिकीकरण गर्नु पर्ने तिनले आईजीलाई निर्देस दिइन । 
तिनले यस भ्रमणमा मालवजार एसएसबी क्याम्प, लगायत अन्तर्राष्ट्रीय सिमाको सशस्त्र सिमा बलको केन्द्रको जानकारी पनि लिइन । जयगाँउ नगिच रहेको हाटखोला क्याम्पमा भ्रमण गरि एसएसबी जवानहरुको समस्याबारे पनि जानकारी लिइन । 
भ्रमणको समय भोटाङ सरकारको गृह मंत्रालयको डाइरेक्टर जेनरल सोनाम तोबगे, पुलिस चिफ छिमी दोर्जी, चुखाका जोगदा पेम्बा वागचुक, डोङ्पा राबदेन डुकपा अनि भारतीय वाणीज्य राजदुतवासका कनसल जेनरल पियूस गुप्ता लगायत अलिपूरद्वारका एसपि आभारी रविन्दरसंग पनि एस एसबी डिजिले बैठक गरिन । 
आजको बैठकमा दुई देशको माझमा विभिन्न समस्याहरुलाई लिएर बातचित गरेर सुल्झाउने प्रयास भएको जानकारी प्राप्त भएको छ ।