कालिमन्युज अनि स्रोतहरु: पानी पिउनु अति आवश्यक कुरो हो तर यो नपिउनाले नोक्सान भैहाल्ने भने होइन। बरु पानी बेसी गरि पिउनाले भने अत्यन्तै हानी हुन सक्छ।
अर्थात आवश्यकता अनुसार पानी पिउनाले धेरै रोगाबाट बाच्न सकिन्छ भने पानी बेसी गरि पिउनाले नँया रोगलाई निम्त्याउने काम पनि गरिएको हुनसक्छ।
जसरी सबै कुरो बेसी भएमा त्यसले हानी गर्छ नै त्यसरीनै पानीको प्रयोग र सेवन पनि उस्तै हो।
जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चलिरहेको जानकारी र् सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा गरिएको छ ।

पानी पिउनुका १० फाइदा
१ विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । यसलाई बानी नै बनाए पनि हुन्छ । यसले पेट सफा गर्छ र पानी पिउँदा त्वचाको रुखोपना पनि हट्छ ।
२ विहान उठ्ने वित्तिकै मन तातो पानीमा कागती हालेर पिउँदा शरीरमा रहेका विषाक्त तत्व विनष्ट हुन्छन् । यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।
३ चिसो पानी पिउनु आनन्ददायक हुन्छ  विशेष गरि थाकेको बेला खुबै आरामदायक लाग्छ तर यसले खराबी गर्ने गर्छ । यसैले बढी चिसो पानी पिउनु हुँदैन ।
४ चिया कफि पिउने बानी छ भने ग्रीन टी पिउनोस् । यसले शक्ति प्रदान गर्छ ।
५ हल्का पेय पदार्थ भन्दा मनतातो पानीमा कागती हालेर पिउँदा हितकर हुन्छ । यसले शक्ति बढाउँछ र पाचन शक्ति पनि राम्रो पार्छ ।
६ ओजन कम गर्न पनि चिसो पानीको सट्टा मन तातो पानी पिउनु फाइदाजनक हुन्छ ।
७ पानी पिउँदा एसिडटी हटछ किन भने पानीले पेट सफा राख्छ ।
८ हाम्रो दिमाग ९० प्रतिशत पानीले बनेको हुन्छ । पानी नपिउँदा टाउको दुख्ने समस्या समेत हुन्छ ।
९ पानीले जोर्नीहरुलाई तरल राख्छ र जोर्नीको दुखाइ पनि कम गर्न मद्दत गर्छ ।
१० हाम्रो शरीरका मांसपेसीमा ८० प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढी गर्‍यो त्यति नै मांसपेसीको अरठ्ठिलो पन कम हुन्छ ।

पानी पिउँदा हुने १० घाटा
१ आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।
२ पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि नष्ट हुन्छन् ।
३ जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिले पानी अड्कलेर मात्र पिउनु पर्छ ।
४ शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।
५ विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा नोक्सान हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।
६ घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरनाक हुन्छ ।
७ खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।
८ खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।
९ अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।
१० खरबुजा वा काँक्रारा खाएर् लगत्तै पानी पिउँदा रुघा खोकी शुरु हुने खतरा हुन्छ ।

Adapted from: Source & Courtesy http://hamrosanchar.com/