राजेश शर्मा, कालिमन्युज, जयगाँउ 20 जुलाई । गत तिन दशक देखिको कुरो गर्नु हो भने 1986 देखि छुट्टै राज्यको निम्ति भएको आन्दोलनमा डुवर्सले ठूलो भूमिका निभाएको थियो । सुबास घिसिंग त्यसपछि बिमल गुरुङको आगुवाईमा भएको आन्दोलनमा डुवर्सले साथ दिएन भन्ने कुनै जगह नै छैन। उल्टा हामीलाई धोका भयो भनेर डुवर्सवासीले आरोप लगाएकाछन पहाड र पहाड्का नेताहरुलाई। 
छुट्टै राज्य मागको साटो गोर्खाल्याण्डलाई जनताको भावनाको फायदा लिदै सौदावाजी गर्ने काम भएको छ। एकातिर विकासको नारा संगै जात –जातको निम्ति बोर्ड अनि अर्कोतिर जनजातिको मांगको पहाड्वासी तैछाड कि मैछाड्मा कुद्न लागेकोछ भने यसमा मधेशवाशी पनि पछि परेकोछैन। 
यसै सम्बन्धमा गोजमुमो डुवर्सको सागठनिक सचिव रोहित थापाले भनेका छन् कि बिरामी मानिसलाई बैशाखीको आवस्यकता परे झैँ जब जब पहाड़लाई आन्दोलनमा थप बलको जरुरत पर्छ तब डुवर्सको सम्झना गरिन्छ।। 
1986 को आन्दोलनमा डुवर्सले घिसिङ्को क्यासेटको भरमा आन्दोलनमा सघाएको थियो । डुवर्सको जनताले 2008 देखी आन्दोलनमा सहभागी भएर नसघाएको होइन। विगत दिनमा यस क्षेत्रमा महिनामा 5 दिन रहने वा बस्ने घोषणा गोजमुमो अध्यक्ष बिमल गुरुङ्ले गरेका थिए । जसको आजसम्म बिमल गुरुङले पालन गरेका छैनन। चुनाउ पछि कुनै पनि सभामा डुवर्सलाई बोलाइएको छैन। 
के डुवर्सलाई काम परेको समयमा मात्र प्रयोग गरिने हो? अब पहाड़को योजना डुवर्सको जनताले बुझन थालेको छ । यदी पहाड़ले राम्रो सोचले हेरेकोछ भने आउदो जिटिएको चुनाउमा भागलिने हो कि होइन त्यो चाड़ो खुलासा गर्नू पर्नेछ। । 
छुट्टै राज्यको मागको प्रसंग बारे बोल्दै थापाले भने कि विमल गुरुङले बारम्बार् भन्थे गोर्खाल्याण्डको माग राज्य सरकार समक्ष होइन केन्द्र सरकार समक्ष हो यसैले हामी राज्य सरकार संग माग्दैनौ। तर दिल्लीमा अहिले संसद चलिरहेको समयमा खै त दिल्लीमुखी आन्दोलन? तिनले प्रश्न गर्दै भने कि डुवर्सप्रति कस्तो सोच गोजमुमोले राखेको छ सो आउदो दिनमा खुलस्त गर्नू पर्नेछ्।