कालिमन्युज, नयाँ दिल्ली 7 अगस्त 2016 । न्यूज पेपर एसोसिएसन अफ इण्डियाद्वारा 2013 मा सर्वश्रेष्ठ पत्रकारको रुपमा पुरस्कार प्रापक कालिम्पोङ न्युज अनि दैनन्दिनी संग संलग्न पत्रकार राजेश शर्माले पुन फोटो जर्नलिस्ट पुरस्कार प्राप्त गरेका छन। 
नेपाल वान टीभी, दैनिक जागरण र हाम्रो प्रजाशक्तिका पत्रकार् शर्मालाई देशको राजधानि नयाँ दिल्लीको मालार स्टुडियोमा भारतको न्यूज पेपर एसोसिएसन अफ इण्डियाले उक्त पुरस्कारले सम्मानित गर्यो।
भारतको 11 राज्यहरुका सर्वश्रेष्ठ् फोटो जर्नलिस्टहरुलाई पनि यसै पुरस्कार प्रदान समारोहमा सम्मानित गर्यो। 
यस अघि पत्रकार शर्मा मिडिया वेल्फेयर असोसिएसनद्वारा इम्वा अवार्ड 2015 र अचिभर्स अवार्ड पुरस्कारले सम्मानित भएका थिए। 
यस समारोहमा प्रमुख अतिथिको रुपमा भारतको इण्टनेसनल चेम्बर आफ मिडिया एण्ड इन्टरटेनमेन्ट इनसिटियूट्का अध्यक्ष सन्दिप मारुवा अनि देशका श्रेष्ठ् फोटोग्राफर ओपी शर्मा, डाक्टर् राजेन्द्र कुमार वाडवा, न्युजपेपर एसोसिएसन अफ इण्डियाका महासचिव विपिन गर्गको उपस्थिति थियो । 
कनफरेंंस हलमा आयोेजित राष्ट्रिय 51औ फोटो जर्नलिस्ट अवार्ड समारोहमा भारतको राज्य सभा च्यानलका एडिटर आर के सिंहमाले आफ्नो सम्बोधनको क्रममा भने कि वर्तमान फोटो जर्नलिस्ट वा भिडियो जर्नलिस्टले आफ्नो मुख्य कर्तब्य पालन गरेको देखीदैन। फोटो जर्नलिस्ट अनि भिडियो जर्नलिस्टहरुले कुन फोटो जनता समक्ष देखाउन सक्छ वा देखाउन सकिन्दैन त्यो सम्पूर्ण जानेको हुनपर्छ अनि फोटो जर्नलिस्टले इतिहास लेख्नमा ठूलो भूमिका निभाउन सक्नेछ भनि बताए । 
यस अवसरमा भारतको इण्टनेसनल च्याम्बर अफ मिडिया एण्ड इंंटरटेन्टमेन्ट इनसिटियूटका अध्यक्ष सन्दिप मारुवाले भने कि अहिलेको पत्रकार अनि फोटो जर्नलिस्टहरुले मेहनत गर्न पर्दैन जब कि फोटोसफ्टको सहायताले फोटोहरु उपयोगमा ल्याउछन् त्यो ठिक होइन तर कुनै पनि फोटो जर्नलिस्टको कर्तब्य आफ्नो फोटोले न्यूजलाई झलकाएको हुनुपर्छ । तर दुर्भाग्यवस अहिलेका फोटो जर्नलिस्टहरुले फोटो खिचेर सहजै पस्तुत गर्न् सक्नेछन। 
बिगत दिनमा फोटोग्राफरहरुले रिल भएको फोटो खिचेर जुन इतिहासको निम्ति एउटा उदाहरण छोड़ी राखेका छन, तिनले अझै भने। 
यसै अवसरमा न्यूज पेपर एसोसिएसन अफ इण्डियाका महासचिव विपिन गर्गले भने “उत्तर प्रदेशदेखी सिमा ठाकुर गुप्ताले राज्यका गाउहरुको समस्या अंतर्गत बर्तमान राजनैतिक नेताहरुको भाषणमा कसरी इमप्रेसन गरिन्छ त्यो फोटोद्वारा झलकाएकी छिन ।यसरी नै भारतको पहाड़ी क्षेत्र पश्चिम बंगालको दार्जीलिङ्गको गोर्खा पत्रकार् साथै फोटो जर्नलिस्ट राजेश शर्माले हाम्रो प्रजाशक्ति पत्रिको निम्ति पत्रकारिता गरेता पनि उनले खिचेका फोटोको एउटा अलग्गै पहिचान छ। तिनको फोटोलाई भारतको प्रख्यात फोटो जर्नलिस्ट ओपि शर्माले देख्नसाथ मन पराएका हुन । 
तिनले यस अवसरमा यो पनि भने कि पहाड़ क्षेत्रको गोर्खा फोटो जर्नलिस्टको अवार्ड लिनेमा शर्मा पहिलो पत्रकार हुन । 
यसरी आजको समारोहमा नेपाल वाान च्यानलको महेस राईखोला, इन्द्र कुमार जैरु, फ्रिलेन्स अर्जुन सिंग, अजय बर्मा, अर्जून सिग परिवार लगायत 11 राज्यका 18 जना फोटो जर्नलिस्टलाई भारतको सर्वश्रेष्ठ फोटोग्राफर ओ पी शर्मा अनि भारतको इण्टरनेसनल चेम्बर आफ मिडिया एण्ड इन्टरटेन्टमेन्ट इनस्टिट्यूट् अध्यक्ष सन्दिप मारुवाको बाहुलीबाट एचिभमेन्ट अवार्ड अनि 1 लाखको लाईफ इंंस्युरेन्सको पुरस्कारको रुपमा प्रदान गरिएको न्यूज पेपर एसोसिएसन अफ इण्डियाका महासचिव विपिन गर्गले बताए ।