राजेश शर्मा , कालिमन्युज, जयगाउँ सेप्टेम्बर । देश आर्थीक मुद्राको चपेटमा परेको समय केन्द्रमा रहेको भाजपालाई राजनैतिक दावपेच खेल्न गाह्रो पुऱ्याउन बिपक्षीले आफ्नो सबै कोशिष गरिरहेको छ|
बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले आजदेखि आरम्भ भएको शितकालिन शेसनको पहिलो दिनैमा बिपक्ष समुहलाई एकत्र पारेर केन्द्र सरकारलाई घेराउ गर्ने कार्य गरेको छ । 
यता शितकालिन शेसनको समयमा नै गोजमुमोले दिल्लीमा आफ्नो आन्दोलन चर्काउने घोषणा गरि सकेको छ । मुख्य मंत्री ब्यानर्जीले देशमा 500 अनि 1000 रुपियाँ बन्द गर्ने मोदी सरकारको आलोचना गर्दै यो काम ठिक रुपमा भएको छैन भन्ने बताएको छ । 
यता यसैलाई ताकेर् गोजमुमोले पनि दिल्ली सरकारलाई दवाउ दिन आन्दोलनको घोषणा गरेकोछ तर यसले को कोलाई असर पार्ला के केन्द्र सरकारलाई या आफ्नै भोट भ्यांकलाई? यो प्रश्न टटकारो भएकोछ। यही प्रसंगमा पूर्व सांसद आर बी राई संग प्रश्न गर्दा तिनले भने कि गोर्खाहरुले छुट्टै राज्यको निम्ति आफ्नो प्राणको आहुति सम्म दिएर अलग राज्यको माग गरिरहेको छ साथै आफ्नो बहमुल्य मतको सहयोगले पहाड़देखी दुई चोटि भाजपा प्रार्थी सान्सद चुनेर केन्द्रमा पठाइसकेको छ । गोजमुमोले भाजपाको समर्थक दल भनेर आफुलाई ठान्छ त्यसो हो भने अब वर्तमान सांसदले संसदमा गोर्खाल्याण्डको आवाज उठान गर्नु सक्नु पर्यो । तिनले भने हामीलाई भनिन्दैछ भाजपालाई चाप दिनको निम्ति दिल्लीमा धर्ना गरिदैछ तर यसको परिणाम केहि पनि हुनेवाला छैन किनकी भाजपाको गिद्दे नजर केवल बंगालको शत्ता हासिल गर्नुमा मात्रैछ अरुसंग उनिहरुको कुनै लेनादेना छैन ।
यसैको निम्ति पनि बंगालको भाजपाले बंगालमा बंगाली भाषीको मन जित्नको निम्ति गोर्खाल्याण्डको शब्द नै बोल्न सक्दैन । बोल्यो भने मात्र भाजपाले बंगालको सत्ता हासिलको कोशिष फेल हुनेछ। भाजपाले राज्यको सत्ता लिने सपना पूरा गर्न सानो क्षेत्रलाई महत्व दिदैन, आफ्नो दाव व्यर्थै फाल्दैन।
अर्को तिर गोजमुमोका महाचिव रोसन गिरीसंग सपर्क गर्दा गिरीले भने कि अहिले घरि देशको अवस्था ठिक छैन तरै पनि गोर्खाहरुको माग गोर्खाल्याण्डको आवाज पार लगाउने गोजमुमोको अठोट छ । यस धर्नामा पहाड़ तराई अनि डुवर्स देखी लगभग 800 जनाका मानिसहरुको जमघटको साथ घर्ना गरिनेछ । केन्द्रसरकारलाई गोर्खाको आवाज सुन्न हामी वाध्य बनाउनेछौ यस्तो रणनितिको साथ 12 दिसम्बर देखी दिल्लीमा धर्ना गरिने छ ।
अर्को तिर दिल्लीको गोजमुमो शाखाले दुरभाषमै तैयारी गर्ने आदेश पाएको दिल्ली गोजमुमो शाखा अध्यक्ष मनोज शंकरले जनाउदै भने कि 12 दिसम्बर देखि 2 दिने घर्ना अनि 2 दिने रिले अनसन साथै मास ऱ्यालि गरिने योजना तयार भएको जानकारी गराए । डुवर्सका गोजमुमो सागठनिक सचिव रोहित थापाले भने कि डुवर्सले दिल्ली धर्नाको निम्ति 50 जनाको टोलि पठाउने तयारिमा छ । डुवर्सले यस प्रदर्शनमा जिटिएको निम्ति होइन गोर्खाल्याण्ड प्राप्तिको निम्ति दिल्लीमा हुने धर्नामा सहभागि हुने तिनले जनाएका छन ।