KalimNews: Kalimpong Press Club started scrolling marquee in Kalimpong for displaying news and informations of public utility. Inaugurating the marquee today at Damber Chowk Rev. D.K.Khaling, chief guest of the programme an eminent journalist, writer, translator and the first hill diploma holder in journalism from Calcutta University said that it is indeed a herculean task to install such an equipment and it is an asset of Kalimpong. He further said that to be upgraded in the field of information and technology is really a progressive sign.
Darjeeling hills, a history to be remembered and to be learned by others as well as it is the duty of the people to help the club in such, Dr Chhetri added. He further said that Kalimpong has indeed done well in the field of journalism. On the occasion A.K.Rai, Secretary of Kalimpong Club said that it is the duty of the people to restore, protect and safeguard utility of marquee and make the best use of it. The project of marquee installation is indeed a joint effort of various people like Dr.G.C.Subba, Rizwan electronics, Surabhee electronics, Ashoke, Subash and others, Rai said.
बिल्डिङमा झुण्डाइएको मार्कीले गर्नेछ चुनाउ परिणामको घोषणा
मनोज वोगटी, कालिमन्यूज, कालेबुङ, 12 मई। कुनै पनि क्षेत्रलाई कालेबुङले प्रतिनिधित्व गरिरहेको छ। मीडियाको क्षेत्रमा पनि कालेबुङ जति गरेको उन्नति अन्यत्र छैन। कालिम्पोङ प्रेस क्लबले जनहीतलाई नारा बनाउँदै आज जुन उपलब्धी लिएर आयो त्यो स्तुत्य छ। कालेबुङ प्रेस क्लबले डम्बरचोक नजिकको एउटा विल्डिङमा मार्की बोर्ड झुण्डाएपछि डा.हर्कबहादुर छेत्री यसो भनिरहेका थिए। तिनले थपे, कालेबुङबाट अरू महकुमाले सिक्नुपर्ने बेला भएको छ। तिनले यसो त्यसै भनेका थिएनन्। जब आम नागरिकहरूलाई सबैप्रकारको जानकारी शीघ्र प्रदान गर्न प्रेस क्लबले इलेक्ट्रोनिक न्यूज बोर्ड वा मार्की झुण्डाएपछि तिनले यसो भनेका थिए।
कम्प्युटर मार्फत प्रेसक्लबको कार्यालयबाट नै बिल्डिङमा झुण्डाएको मार्की वा स्क्रोलिङ बोर्डमा दिनभरि समाचार हेडलाइन र अन्य जानकारीहरू प्रसारण हुनेछ। बोर्डमा ठूल्ठूलो अक्षरमा जानकारी कुद्ने छ जसलाई पढ़ेर नगरवासीले डम्बरचोकबाटनै तात्तातो समाचार र जानकारी पाउने छन्। यसलाई विधिवत उद्घाटन गर्न ल्यापटपको स्वीचमा हात राखेर थिचेपछि मुख्य अतिथि डी.के.खालिङले भने, अब डम्बरचोकमा नै उभिएर नगरवासीले सूचना लाभ गर्न पाउनेछन्। यो भन्दा सुखद कुरा अर्के के हुनसक्छ?
प्रेस क्लबका सचिव अरूणकुमार राईले भेला भएका शुभचिन्तकहरूलाई भनिरहेका थिए, प्रेस क्लबले एसएमएस हेडलाइन, दैनन्दिनी समाचार लगायत एउटा ब्लगसाइट अनि अर्को वेबसाइटबाट ताजा जानकारीहरू उपलब्ध गर्ने काम गर्दै आइरहेको छ। हामी कालेबुङ नगरका मानिसहरूले कुनै पनि घटनाको जानकारी शीघ्र नै पाओस् अनि यसको फाइदा लिन सकोस् भन्ने चहान्छौं। यसै सोंचले यो आजको पहललाई पनि निर्माण गरेको हो। माकपाका तारा सुन्दास, कालेबुङ कृषक कल्याण सङ्गठनका विष्णु छेत्री, स्थानीय पत्रकारहरू, कथाकार सञ्जय विष्ट, समशेर अली लगायतका धेरै शुभचिन्तकहरूले डम्बरचोकमा भएको स्क्रोलिङ न्यूजको उद्घाटन कार्यक्रममा उपस्थिति दिएका थिए। सचिव अरूणकुमार राई तथा पत्रकार तथुराले भने, 13 मईको दिन विधानसभा चुनाउको परिणाम घोषणा हुनेछ। गणना हुँदाहुँदैको जानकारी यो स्क्रोलिङ बोर्डमा कुद्न थाल्नेछ। चुनाउको परिणाम यसै मार्कीले गर्नेछ। तिनले भने अनुसार कालेबुङ महाविद्यालयमा 13 मईको दिन विहान आठ बजीदेखि मत गणना शुरू हुने छ। गणना हुँदाहुँदै बिल्डिङमा झुण्डाइएको मार्कीले परिणाम भन्ने छ।
No related posts.





