डी के वाइबा, कालिमन्युज, कालेबुङ १९ फरवरी : कसैले बजार बन्द नडाके पनि आज बिहान ११ बजे देखि १ बजे सम्म कालेबुङ बन्द रह्यो । गोर्खाल्याण्ड राज्य गठनको मागमा जनमुक्ति माईनोरेटी फोरमका सदस्यहरु सडकमा ओर्लिएको कारण उक्त बन्द भएको थियो। एकातिर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले गत १८ जुलाईको दिन सम्झौता भएको जीटीए पहाडमा लागु गर्न सरकारलाई डेडलाईन दिएको छ भने अर्को तिर मोर्चाकै भातृ संगठनहरु भने गोर्खाल्याण्ड राज्य गठनको मागमा सडकमा नाराबाजी गर्न ओर्लिरहेको छ। बिगत हप्तादेखि सुरु भएको आईतबारे जुलुस कार्यक्रममा आज मोर्चाको भातृ संगठन माईनोरिटि फोरमले सहभागिता जनाएको थियो।
यस अवसरमा सम्पूर्ण दोकानपाठहरू तीन घण्टाको निम्ति बन्द राखी स्थानीय व्यापारीहरू पनि सड्कमा ओर्लिएका थिए । यहाँको डम्बर चौकबाट सुरु भएको जुलूसले नगर परिक्रमा गरेपछि पुन: डम्बरचोकमा आइपुगेर जनसभामा परिणत भयो। गोजमुमोले वी वान्ट जीटीए नभनेको बताउँदै गोर्खाल्याण्डको खुडकिलोको रूपमा जीटीए सरकारले दिएकोले वाध्यतावश मोर्चाले सम्झौता गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइनोरिटी फोरमका सचिव डेण्डुप भोटियाले बताए। तिनले बिगत अनि बर्तमानको आन्दोलनमा माईनोरिटि फोरमले सहयोग गरेको बताउँदै भावि सन्तानको निम्ति गोर्खाल्याण्ड नितान्त आवश्यक रहेको दाबी गरे। बिगत दिनमा सुवास घिसिङले चलाएको आन्दोलनमा पनि आफुहरुले लडेको बताउँदै गोर्खाल्याण्डको निम्ति माईनोरिटि फोरम संधै लडन तयार रहेको भोटियाले थप दाबी गरे।
अर्कोतिर युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले केन्द्र र राज्यको झगढाकै कारण गोर्खाहरू सॉंडेको जुझाइमा बाछाको मिचाइ भइरहेको आरोप लगाए। यसै क्रममा तिनले कुनै पनि राजनैतिक दलहरुको नाम नलिईकन निकै जोडले बर्सिन्दै भतुवा कुकुरहरु रगरगी रहेको बताउँदै जनता यस्ता भतुवा कुकुरहरूदेखि होसियार रहनुपर्ने आह्वान गरे। यहॉं मौकावादीहरूले आन्दोलनलाई विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै गोजमुमो नअत्तालिकन गर्नपर्ने काम गर्दैजाने भोटियाले बताए।
Related posts:
- Morcha oils street levers for GTA – Sunday protests kick off a day after Mamata visit…..समाचार च्यानल बन्द प्रकरण: क्रामाकपाको पोष्टरिंग मोर्चाको प्रतिक्रिया…..युवा अनि नारी मोर्चाद्वारा गोर्खाल्याण्डको मागमा जुलुस एंव पथ सभा
- टास्क फोर्समा भागोपबाट पॉंच प्रतिनिधि आज कार्यक्रम सूची तयार पारिने
- युवा मोर्चाको आन्दोलन कोलकताबाट संचालन हुँदैछ – दावा पाख्रिन
- जनमुक्ति कर्मचारी संगठनद्वारा अनिश्चितकालीन बन्द स्थगित लिंगसे ग्राम पंचायत घटनाकाण्ड : माकपा र गोरामुमो-सीले ग-यो आलोचना
- समाचार च्यानल बन्द प्रकरण:टास्क फोर्स अनि कृषक कल्याण संगठनद्वारा महकुमा अधिकारीलाई ज्ञापन






