डी के वाइबा, कालिमन्युज, कालेबुङ २१ फरवरी; जीटीए सम्झौता भएको सात महिना पार हुँदा सम्म यसको कार्यन्वयन नहुनुमा केन्द्र सरकार दोषी रहेको गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले दाबी गरेका छन्। हाल केन्द्र र राज्य सरकारको सम्बन्ध राम्रो नभएको कारण केन्द्रले जीटीएलाई बङ्गाल सरकारलाई हिर्काउँने लौरोको रुपमा प्रयोग गरिरहेको बताउँदै साढेको जुझाईमा बाछाको मिचाई भएको तिनले दाबी गरेका छन्। बङ्गालका मुख्य मन्त्री ममता ब्यानर्जीले प्रधान मन्त्रीसित भेट गरेर जीटीएको निम्ति सकारात्मक् कुराकानी गर्ने मोर्चाले आशा रखेको पनि तिनले बताएका छन्।
बङ्गाल सरकारले जीटीएको बील पारित गरेर आफ्नो आशिंक जिम्मेवारी पुरा गरेको तिनले बताउँदै बिल पारित गरेर चुप बसेको कारणनै जीटीए कार्यन्वयनमा ढिलाई भईरहेको तिनले थप दाबी गरेका छन्। छुट्टै राज्य गोर्खाल्याण्डको लक्ष्य राखेर आन्दोलन गर्ने मोर्चालाई सरकारले नै जीटीएको प्रस्ताव दिएको बताउँदै सरकार आफैले दिएको प्रस्तावलाई कार्यन्वयन गर्न यदि बारम्बार ढिल्याई गर्छ भने सरकारले आफ्नो अडान स्पष्ट पार्नु पर्ने डा छेत्रीले माग गरेका छन्। मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्न तयार रहेको पनि तिनले पत्रकारहरुलाई बताए। गोजमुमोले ४४ माहिनाको आन्दोलन गर्दा सरकारलाई चिन्ता बडेको कारण नै जीटीए थोपेर थुम्थुमाएको बताउँदै यदि सरकार आफै सम्झौतालाई उल्लंघन गरेर जनता पुन: आन्दोलन गर्न सडकमा ओर्लियोस भन्ने चाहना राख्छ भने मोर्चालाई कुनै आपत्ति नरहेको तिनले थप बताएका छन्। सरकारले सम्झौता गरेको कुरालाई सही समयमा कार्यन्वयन गर्न नसकेको कारण अहिले दिनो दिन जनतामा आक्रोस बडीरहेको बताउँदै जब मोर्चाले जीटीए कार्यन्वयन गर्नु भनि अल्टिमेटम दिंदा मात्र हतार गर्दै दगुर्नु ठिक नहुने तिनले बताएका छन्।
जीटीए यथाशिघ्र लागु नहुनुमा कतै यहाँ मोर्चाको शक्तिलाई दुर्बल बनाउने सरकारको सुनियोजित षडयन्त्र हुन सक्ने तिनले आशंका ब्यक्त गर्दै भोलिको दिनमा जनता सडकमा ओर्लिएर कुनै अशान्ति फैलिए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारनै हुने पनि डा छेत्रीले बताए। तिनले जीटीए कार्यन्वयन गर्नुमा केन्द्र सरकारले कुनै जिम्मेवारी पूर्ण भूमिका पालन नगरेको आरोप लगाउँदै राज्य सरकारले पनि बील पारित गर्नु मात्र आफ्नो जिम्मेवारी ठान्नु गलत रहेको तिनले दाबी गरे। राज्य सरकारले जबसम्म जीटीए लागु हुँदैन तबसम्म केन्द्रलाई दबाऊ दिने कार्य गर्नुपर्ने थियो भन्दै यदी आगामी २७ मार्च भित्रमा सो लागु नगरे मोर्चा आन्दोलनको निम्ति तयार रहेको थप दाबी गरेका छन्। मोर्चा प्रमुख बिमल गुरुङले सरकारलाई जीटीए लागु गर्नु भनि अल्टिमेटम दिएको कारणले नै अहिले सरकारले चासो देखाई रहेको बताउँदै बङ्गालका मुख्य मन्त्री ममता ब्यानर्जीले प्रधान मन्त्रीलाई भेट गरेर जुन प्रकारको कुरा हुन्छ त्यसैबाट मोर्चाले कस्तो रणनीति तयार पार्नु पर्ने हो भन्ने कुरा स्पष्ट हुने तिनले थप जानकारी गराए।
तिनले सरकारको भुमिका प्रति औंलि उठाउँदै यदि पहाडमा केन्द्र र राज्य सरकारले अशान्ति चाहँदैन भने जीटीए चाँडै लागु गर्छ नत्र अशान्ति नै चाहन्छ भने चाहीँ कार्यन्वयन गर्न ढिलो गरिरहनेछ भन्दै यहाँ कतिपय शक्तिहरुलाई स्थापित गरेर मोर्चाको शक्ति कमजोड बनाउँने खेल सरकारले नै गरिरहेको हुन सक्ने आशंका पनि डा छेत्रीले ब्यक्त गरेका छन्।
अनियमित बिजुलीको बिल बारे बिद्युत मन्त्रिलाई कुरा उठाउँने डा हर्कबहादुर छेत्रीको आश्वासन
डी के वाइबा, कालिमन्युज, कालेबुङ २१ फरवरी; दार्जीलिङ पहाडमा बिजुलीको बिल बिगत दिनहरुको तुलना दोब्बर आईरहेको कारण बिद्युत उपभोक्ताहरु हैरान बनिरहेका छन्। गोजमुमो पार्टीको उदय पछि आन्दोलनकालमा गोजमुमोको आह्वानमा सबै मानिसहरुले बिजुलीका बिल तिरेका थिएनन् तर जीटीएको समझौता पछि गत १ अगष्टदेखि भने बिजुलीको बिल मोर्चाले तिर्नु पर्ने घोषणा गरेको थियो। मोर्चाकै घोषणा अनुरुप अहिले मानिसहरुले गत अगष्ट महिना यताको बिलहरु तिर्ने कार्य गरिरहेको भएता पनि दिनो दिन बिगत दिनहरुको तुलनामा अत्याधिक बिल आएको कारण मानिसहरु चिन्तित् बनिरहेका छन्। यस सम्बन्धमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसित जान्न खोज्दा बिगत दिनहरुको तुलनामा अत्याधिक आएका बिलहरु कसैले नतिर्ने आह्वान गरेका छन्। तिनले यस बिषयमा भोलि कलकतामा राज्यका बिद्युत मन्त्रीलाई भेट गरेर हाल मानिसहरुलाई आईरहेको धेर बिलहरुको बारेमा जानकारी गराई यस्तो काम बिभागले यथाशिघ्र बन्द गर्नु पर्ने माग राख्ने बताएका छन्।
बिभागले जनतालाई मनपरी बिल पठाउँने काम यथाशिघ्र बन्द गर्नु पर्ने माग गर्दै राज्यका गृह सचिवसित पनि यस बिषयमा कुराकानी गर्ने तिनले जानकारी दिएका छन। अर्कोतिर तिनले बिगत दिनमा कालेबुङमा बिजुलि बिभागको डिभिजिनल कार्यालय निर्माणको निम्ति राज्यका बिद्युत मन्त्रीले सितम्बर महिनामा नै निर्देश दिएको बताउदै मन्त्रिको निर्देश पाएर पनि बिभागले आजसम्म कुनै काम नगरेको तिनले आरोप लगाएका छन। यस बिषयमा पनि तिनले पुन: कुरा उठाउँने जानकारी गराएका छन्।

Related posts:

  1. जी एण्ड एटीए-ले चुल्यायो अन्तरबिरोधको पहाड… छुट्टैराज्यको कुरा पछिको हो, अहिले जीटीए बनोस्‌-डा.छेत्री
  2. सीमाङ्‌कनको रिपोर्ट पुग्न अघि नै जीटीएको चुनाउ हुने कुरा – डा.छेत्रीको व्यक्तिगत विचार रहेको दाबी
  3. कालेबुङ अचानक बन्द घिसिङ दोषी-डा.हर्कबहादुर छेत्री
  4. जीटीएले गोर्खाहरू सन्तुष्ट छैन भन्ने सन्देश दिन आज क्रामाकपा टोली दिल्ली हिँड्‌ने …….जीटीए गठनः मोर्चालाई हतार छैन वर्षदिन लागोस्‌ तर सलिड चिज बनियोस्‌ -डा. छेत्री
  5. जीटीए सभामा कानून संशोधन गरेर जीटीएलाई जीएण्डएटीए बनाइने……….राज्य कमिटी मान्दिन, जनताको कुरा मान्छु-बारला