KalimNews: Ajay Dahal President of United Gorkha Revolutionary Front said that the state government has always been utlising elements to disturb the agitation for separate statehood.UGRF Chief Dahal has also doubted on the state government of giving birth to leadership with an aim to curb the movement.
डी के वाइबा, कालिमन्युज, कालेबुङ २१ फरवरी; दार्जीलिङ पहाडमा छुट्टै राज्यको निम्ति जन्मने आन्दोलनहरु दबाउँन बङ्गाल सरकारले घरि घरि षडयन्त्र रच्ने गरेको युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट(युजीआरएफ)अध्यक्ष अजय दाहालले दाबी गरेका छन्। यहाँको आन्दोलनलाई बिफल पार्न सरकारले नै नेतृत्व जनमाउँने गरेको तिनले दाबी गर्दै आफैले जन्माएको नेतृत्वलाई सरकारले लगाम लगाएर काम गरिरहेको कारण् नै आजसम्म दार्जीलिङमा आन्दोलनहरु बिफल बनिरहेको पनि तिनले दाबी गरेका छन्। हाल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलनको घडेरी बसाउँने काम बनिरहेको समयमा यी सबैकुराहरुलाई पनि लगाम लगाउँन सरकार तत्पर बनेको तिनले आरोप लगाए। यस्तो परिस्थितिमा सबै बुद्धिजीवि मानिसहरु एक हुन पर्ने आह्वान गर्दै सरकारले रचेको षडयन्त्रलाई बिफल पारी लक्ष्य प्राप्तिको निम्ति संगठीत हुन पर्ने तिनले बताए।

जनआन्दोलनको डर बोकेर सरकार हरेक पल्ट आन्दोलन बिफल पार्न बिभिन्न योजनाहरु तयार गर्ने गरेको दाबी गर्दै सत्तामा गुण्डाराज स्थापित गर्न समेत पछि नपर्ने तिनले दाबी गरे। यसै सिलसिलामा तिनले गोजमुमो पार्टिको आलोचना गर्दै मोर्चाले आन्दोलनकालमा गरेका गल्तिहरु नहेरेको कारण आन्दोलन निश्चित टुङ्गोमा पुग्न नसकेको दाबी गरे। तिनले बिमल गुरुङले आन्दोलन आफ्नो योग्यताको आधारमा ईमान्दारपूर्वक नै गरे होलान् तर आन्दोलन गर्नको निम्ति नै भने तिनी सक्षम नेता नरहेको समेत दाबी गरेका छन्।
Related posts:
- युवा मोर्चाको आन्दोलन कोलकताबाट संचालन हुँदैछ – दावा पाख्रिन
- सरकारले पहाडका मानिसहरुलाई हरेक कुराबाट बंचित गरिरहेछ – तारा सुन्दास……….लिंगसे ग्राम पंचायत घट्नाकाण्ड:जकसद्वारा कार्यालय बन्द क्रामाकपाले ग-यो निन्दा
- कृषकहरुका निम्ति सरकारले आवन्टन गरेको पैसा दागोपापले प्रयोग नगरेको खुलासा
- युवा मोर्चाको आन्दोलन केवल नाटक मात्र हो – प्रताप खाति
- जीटीएको बिरोध र छत्र सुब्बालाई अघि बड्ने आह्वानमा कालेबुङमा पोष्टरिङ…..गोर्खाल्याण्ड आन्दोलन, छत्र सुब्बा र अनुत्तरित प्रश्नहरुको माखेसाङ्लोमा दार्जीलिङ पहाड