ज्वरो – राजा पुनियानी
Posted by GForce webdeZign on February 28th, 2012 08:56 AM | No Comment
pub-0748945669703268
ज्वरो
राजा पुनियानी
"सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
नत्र भने जिन्दगानी आगो लगाइदिन्छु" *
कसले सम्हालिदेला मखुण्डा
ईश्वरबल्लभले माया गरिराखेको दार्जीलिङको
जब ज्वरो आउनेछ हनहन दार्जीलिङलाई
यसपालि हिँउ पर्छ-पर्दैन
-कसले भन्न सकेको छ र
अहिले नै
विचारहरूको शृङ्खलाबद्ध विस्फोटपछि
शून्यवादीहरूको अराजक झुण्ड
डुल्न निस्किएको छ बजार
वर्षौं लामो जाडोमा ज्वरो त आउनेछ
तर यो ... Read More
एक इच्छा
Posted by GForce webdeZign on October 30th, 2011 07:58 PM | No Comment
pub-0748945669703268
कुनै डरबिना
निर्भीक अनि सुखद
मेरा आफ्नै ताराहरु चम्कने
यस्तो एउटा मेरो आफ्नै आकाश भए!
बाकसमै बन्द सही
गर्वले उज्यालो मुस्कुराउँदै
मेरा वीरहरु घर फर्किआउने
यस्तो एउटा मेरो आफ्नै भूमि भए!!
(Nepali translation of the poem 'A Wish' originally written by Srijana Subba)
अनुवाद: भीम ठटाल Read More
बहिरालाई कविता Manoj Bogati
Posted by GForce webdeZign on October 19th, 2011 11:29 AM | No Comment
बहिरालाई कविता
सन्त्रासको माउले नयॉं दॉंत पलाएको घोषणा गरेको छ।
लोकतन्त्र आपत बोकेर त्यसकोमा गइरहेको छ
जो घर थुनेर बसेको छ।
...
यतिबेला
कविता पठन गर्न बोलाउनु भएकोमा धन्यवाद।
विडम्बनाको यो नयॉं रङको विज्ञापन
विद्यार्थीहरूको किताबमा छिरेर मुन्टो निकालेर मलाई हेरिरहेको छ।
... Read More









